Admission Open

ad place

हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता

काठमाडौँ, ४ साउनः हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौँको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ सम्पन्न भएको छ । एकदिने प्रतियोगितामा २४७ खेलाडी सहभागी भएका थिए । जुन नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो ।

एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बुका अनुसार गत वर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वल्र्ड रेकर्डमा सूचीकृत भइसकेको छ । यसपटक त्यही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा आयोजना गरिएको हो ।

प्रतियोगिताको खुलातर्फ फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै रू १० हजार नगद पुरस्कार जित्नुभयो । उहाँले ९.५ अङ्क जोड्नुयो । यस्तै, दोस्रो हुनुभएका सिलवालले नौ अङ्कसहित रु सात हजार प्राप्त गर्नुभयो । आठ दशमलव पाँच अङ्क जोड्नुभएका मुकुन्द नापित तेस्रो हुँदै पाँच हजार प्राप्त गर्नुभयो ।

शीर्ष १० स्थान सन्तोष श्रेष्ठ, रुपेश जैसवाल, प्रेम कृष्ण अधिकारी, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौधरी रहनुभयो । उहाँहरुले सबैले जनही रु एक हजार प्राप्त गर्नुभयो ।

उन्नाइस विधामा आयोजित प्रतियोगितामा छ वर्षदेखि ८४ वर्षसम्मका खेलाडी सहभागी थिए । कूल रु ६७ हजार पुरस्कार रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...