Admission Open

ad place

‘उत्पीडित समुदायको राजनीतिक, आर्थिक र सामाजिक विकास हुनुपर्छ’

काठमाडौँ, २८ असारः जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले समग्र देशको विकास गर्न दलित, पछाडिपरेका वर्ग, थारु, आदिवासी, जनजाति र अलपसङ्ख्यक समुदायको राजनीतिक, आर्थिक र सामाजिक विकास गर्नुपर्ने बताउनुभएको छ ।

दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक परिषद्ले आज यहाँ आयोजना गरेको ‘समानता र सामाजिक न्यायको अधिकार’ विषयक अन्तक्र्रियामा उहाँले समाजमा पछाडि परेका समुदायको राज्यका हरेक संरचनामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “समाजमा सबैभन्दा पिँधमा र उत्पीडनमा परेका भनेको दलित समुदाय हो, उनीहरू राजनितिक बहिष्करणमा परेका छन्, राज्यको स्रोतसाधनबाट उहीहरू अलग छन् । जनसङ्ख्याको आधारमा राज्यका संरचनामा उनीहरूको उल्लेख्य र सक्रिय सहभागिता हुनुपर्छ ।”

पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले मुलुकको राजनीतिक व्यवस्थामा परिवर्तन भएपनि दलित, जनजातिलगायत उत्पीडित समुदायको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभयो ।

पार्टीका उपाध्यक्ष विधुर ब्रजाचार्यले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रियसभामा समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा सदियौँदेखि कायम रहिआएको जात, जाति, वर्ग, वर्ण र लिङ्ग अर्थात् वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता, बहिष्करण तथा सीमान्तीकरण र विभेद्लाई व्यवहारिक रूपमा उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका महासचिव लालबाबु राउत अधिकार प्राप्तिको लागि महिला, आदिवासी जनजाति, मधेशी, दलित र उत्पीडित समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले राज्यले मुस्लिम समुदायलाई वेवास्ता गरेको गुनासो गर्नुभयो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...