Admission Open

ad place

मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

काठमाडौं, १९ असार : एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा  सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

समूह चरणमा नेपालले सङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको छ । मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ । माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो ।

अघिल्लो संस्करणमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । एसिसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...