साहित्यमा लत बसाउनु र दान गर्नु भनेको अभ्यासले मात्र पाइने कुरा होइन । यसको लागि जन्मदै आएका केही गुणहरूको मिश्रणबाट मात्र संभव हुने कुरा हो । रहर सबैले गर्छन् तर धेरै बीच बाटोबाटै हराउँछन् । यसका लागि निरन्तर साधना त पहिलो कुरा भैहाल्यो । लत बसेपछि केही न केही लेखेन, पढेन भने विँडी पिउने लत लागेका मान्छे जस्तै भइदो रहेछ ।
सुनसरीको इनरुवामा करिव आधा शताब्दी अगाडि जन्मिएकी शोभा शरभको वाल्यकालदेखि नै फाट्ट फूट्ट छोटा कविता लेख्ने बानि थियो । तर, धेरै उनका रचना अप्रतियोगी नै रहे । लेखनभन्दा पनि पठनमा उनको विषेश रुची थियो । उनले धेरै साहित्यकारका पुस्तकहरू अध्ययन गरेकिछिन् । उनले रचना गरेका साहित्यिक शब्दहरू अर्गानिक किसिमका हुने गर्छन् ।
तराईको ‘मिक्स कल्चर’ मा हुर्किएकी शोभा ठेट नेपाली शब्दलाई टपक्कै टिपेर स्वादिला रचना पस्कन माहिर छिन् । नेपाली साहित्यको विविध विषयमा केन्द्रित रहेर नेपालीमाला (www.nepalimala.com) का वरिष्ठ संवाददाता दीपक निरौलाले गरेको कुराकानीको सारः
कहिले देखि साहित्यको बनमा रमाउन थाल्नु भएको हो ?
✍️ मलाई सम्झना भए सम्म त, मैले अक्षर चिनेर त्यसबाट अर्थ बुझ्न सक्ने भएदेखि नै उपलव्ध साहित्य का सामाग्रीहरु पढ्न थालेकी हुँ। अनि बिस्तारै कल्पना, भोगाई र वरिपरिका परिवेशमा देखिने घटनाहरुलाई कविता को रुपमा लेख्न थालेको पनि १२÷१३ बर्ष को उमेरबाट नै हो ।
अहिले , साहित्य क्षेत्रलाई त त्यति मलिलो मानिदैन नि ?
✍️साहित्यलाई मलिलो बनाउने त यसका साधकहरुको हातमा छ । यदि आर्थिक रूपमा भन्न खोज्नुभएको हो भने चैं केहि सुधारात्मक भएपनि लेखेर मात्र गुजारा चल्ने परिस्थिति छ जस्तो चैं मलाई लाग्दैन।
सस्तो लोकप्रियताले ओझेलमा पारेको हो ? असली साहित्यानुरागीलाई ?
✍️ लोकप्रियता भन्ने कुरो चैं समय र परिस्थिति मा भर पर्छ । फेरी कुनै पनि सृजना लोकप्रियताको लागि मात्र लेखिनु हुन्न भन्ने लाग्छ। लोकप्रियता र उत्कृष्टता साहित्य मा संगैं हुन पनि र नहुन पनि सक्छन् ।
तपाईंको साहित्यिक क्षेत्रमा कति सन्तान जन्मिए ?
✍️ सामाजिक सञ्जालमा र साहित्यिक पत्रिकामा फाट्टफुट्ट लेखिने कविता बाहेक कृतिको रुपमा मैले ल्याएको छैन। तर, हरेक एक सृजनालाई म मेरो साहित्यिक सन्तान ठान्दछु ।
किन ??
✍️ म लेखन भन्दा पनि पठनमा रमाउँछु कृतिको रुपमा बाहिर आउने स्तरको रचनाको संकलन भएपछि मात्र यसको बारेमा सोचौंला भनेर । अनि फेरी कविता को बजार त्यती उत्साहप्रद पनि त छैन नि हाल आएर ।
सामाजिक सञ्जालमा छरिएका आफ्ना रचनालाई मूर्तरूप दिन किन अन्कानाउनु भएको ?
✍️ हो वास्तवमा म कृति को रुपमा रचना बाहिर ल्याईहाल्न त्यती हतार नगर्नुको कारण त अगाडी भनिहालें । तर म पूर्ण रुपमा उदासिन पनि हैन । अहिले लाई यति भनौ । म अध्ययनको क्रममा छु, । समय भएपछि पक्कै केहि लिएर आउनेछु।
तपाईं मिश्रित संस्कारमा तराई क्षेत्रमा जन्मिएर हुर्कनु भएको मान्छे । भाषा शब्द पनि मिश्रित नै बोल्नु हुन्छ ।
तर, साहित्य लेखाईमा ठेट शब्द नै प्रयोग गर्नुहुन्छ त ? कसरी ?
✍️ खै ! त्यो मैले एकदम सचेतता पूर्वक गरेको नभईकन प्राकृतिक रूपमा नै आएको जस्तो लाग्छ । शायद यसमा मैले पढेको ,बुझेको साहित्यिक माताको देन होला ।
अहिले धेरै मानिसहरू (साहित्यकार) पहाडका डाँडा पाखामा सकि नसकी दैडि रहेको फोटोहरू सामािजक सञ्जालमा छरपस्ट पोस्ट्याउँछन् । यहाँ पनि धेरै ‘हाईकिङ्ग’ मा जाने गर्नु हुन्छ । सबैको हेलाको पात्र बनेको नेपालको पहाडी क्षेत्र रोज्नुको कारण ?
✍️ मलाई नयाँ भूगोल हेर्न, देख्न असाध्यै मनपर्छ । म तराईमा जन्मिहुर्कि गरेको ले हो कि मलाई पहाडी सुन्दरताले आकर्षण गर्छ । अनि त्यहाँको बिकटता, जनजीवन को अवस्थालाई नजिकबाट अध्ययन गर्ने मनसाय , आफ्नो स्वास्थ्य सचेतता , साहित्यिक माहोल मा रमाउने अबसरको कारण पनि स्रस्टा पदयात्रा कार्यक्रम मार्फत् नियमित हाइकिङ मा जोडिएको छु ।
एउटा साहित्यकार भएको नाताले शब्दमा बयान गरेजस्तै साँच्चिकै नेपालको पहाडी क्षेत्र व्यापक संभावनाको खानी भएता पनि बसाईं सराईंको कारण उजाड बन्दै गएको छ । के गरेको खण्डमा पहाडले एक्लोपनको चपेटाबाट मुक्ति पाउला ?
✍️ आधिकारिक अनुसन्धानात्मक विवरण त म संग छैन तर मेरो अध्ययन र अनुभवको आधार मा भन्दा चैं पहिलो शर्त त विकास नै हो । अनि नयाँ पुस्तालाई स्थानीय भूगोलमा जोडेर राख्ने भावानात्मक परिस्थिति पनि सृजना गरिनु पर्छ । शिक्षा क्षेत्रमा व्यापक परिवर्तको जरुरी छ । समय सापेक्ष र सीपमूलक शिक्षामा जोड दिनुपर्छ । प्रकृति , मानिस र जंगली जन्तूबीचको तालमेल पनि मिलाउनु पर्छ । उत्पादित सामानको बजारीकरणमा कुनै समस्या हुन दिनु भएन । अर्थशास्त्रमा एउटा भनाई छ ‘डिडनट गीभ हीम फिस, टिच फिसरिङ्ग’ अर्थात कसैलाई पनि माछा मारेर दिने होइन माछा मार्ने कला सिकाउनु पर्छ । सरकारमा बस्नेले अनुदानका चामल होइन , जनताका पसिना किन्न हतारो गर्नुपर्छ । हामी शहरमा वस्ने व्यक्तिले पनि बाहिरबाट आयातित भन्दा नेपालको हावापानीमा उत्पादित दैनिक उपभोग्य वस्तुहरूको उपभोग गर्ने बानी बसाउनु पर्छ । जसका कारण नेपाली ग्रामिण भेगमा उत्पादिन सामानले बजारिकरणको समस्याबाट मुक्त हुनु परोस् । यति गरेको खण्डमा मलाई लाग्छ नेपालको ग्रामिण भेगमा जनसंख्याको कमी हुँदैन ।