Admission Open

ad place

भारतको अहमदाबादमा ‘एयर इन्डिया’को विमान दुर्घटना : २४२ यात्रुहरुको ज्यान गएको आशंका

नयाँ दिल्ली, २९ जेठ :अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेकाे छ ।

भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’का अनुसार विमान लन्डन उडान भर्ने क्रममा दुर्घटनामा परेकाे हो । विमानमा करिब २९० यात्रु सवार रहेकाे जनाइएकाे छ ।

यस्तै, दमकल घटनास्थलमा पुगेकाे छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।

दुर्घटनाको कारण भने अझै पुष्टि भएकाे छैन ।

(रासस)

टिप्पणिहरु
Loading...