२०८२ जेष्ठ १४ : प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता कोहलपुर नगर क्षेत्रमा व्याप्त प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता जारी गरिएको छ । रेष्टलेस डेभलप्मेण्ट, क्रियसन, युथ ईनोभेसन ल्याव, कोहलपुर नगरपालिका र बास नेपालका संयुक्त आयोजनामा कोहलपुरमा सम्पन्न प्लास्टिकजन्य फोहोरमैलाको असर बिषयक अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता जारी गरिएको हो ।
सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न सो कार्यक्रमको अन्तमा जारी प्रतिबद्धताहरुमा कोहलपुर नगरपालिकाले बनाउन लागेको फोहरमैला व्यवस्थापन कार्यबिधिमा समेटिनु पर्ने सबै बिषयबस्तुका बारे सरोकारवालाहरुबाट सुझाव संकलन गरि यस आर्थिक बर्ष भित्र कार्यबिधि जारी गर्ने, सम्पूर्ण वडाहरुमा प्लाष्टिकजन्य फोहर मैला व्यवस्थापन विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, आगामी आ.ब.मा प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापन बिरुद्धको कार्यक्रमका लागि यथेष्ट बजेट बिनियोजन गर्न नगरपालिकासँग माग गर्ने, प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापन गर्नका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने रहेका छन् । यसैगरी प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि नियमित रुपमा अभियान सञ्चालन गर्नुका साथै प्लाष्टिकजन्य झोलाको विकल्पको रुपमा बैकल्पिक व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने र प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि विषयविज्ञको उपस्थितीमा नगर स्तरिय विशेष प्रकारको तालिम, छलफल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रतिबद्धता जारी गर्नेहरुमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा नम्वर १ का वडाध्यक्ष बद्रि प्रसाद जैशी, वडा नम्वर २ का वडाध्यक्ष हरि कठायत, वडा नम्वर ८ का वडाध्यक्ष लाल बहादुर राना, वडा नम्वर ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगी, वडा नम्वर ११ की वडाध्यक्ष कल्पना शर्मा, वडा नम्वर १२ का वडाध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नम्वर १३ की वडाध्यक्ष डम्बर बहादुर खड्का, नगरपालिकाका बाताबरण शाखा प्रमुख बिर बहादुर थापा लगायत नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरू रहेका छन् ।
बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै धारणा राखेका थिए । कार्यक्रममा बोल्दै नागरिक समाजका शंकर न्यौपानेले प्लास्टिकजन्य फोहोरले जनस्वास्थ्यमा पार्ने असरबारे जनचेतना अभिवृद्धिको आवश्यकता आंैल्याए । कोहलपुर युवा सञ्जालकी उर्मिला खड्काले प्लास्टिकजन्य फोहोर नियन्त्रणका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताईन् । बाताबरण शाखा तथा नगर प्रहरी प्रमुख विर बहादुर थापाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी ठान्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै, दैनिक १२–१३ टन फोहोरमध्ये ७० प्रतिशत प्लास्टिकजन्य रहेको जानकारी दिए । घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याउन सके व्यवस्थापनमा सहजता हुने भन्दै नगर प्रहरी सीसीटिभीमार्फत निगरानीमा सक्रिय रहेको बताए । वडा नं. ११ की अध्यक्ष कल्पना अधिकारीले कृषि हाट बजारबाट प्लास्टिक न्यूनीकरण अभियान सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै, हाटबजार समितिसँग समन्वय गरी कपडाको झोला प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् । प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले कोहलपुरलाई ‘स्मार्ट सिटी’ बनाउने सम्भावना औंल्याउँदै, घरघरबाटै फोहोरको वर्गीकरणले रिसाइकल प्रक्रिया सहज हुने बताए । कार्यक्रममा बोल्दै सामाजिक बिकास समिति संयोजक ईश्वरी बिकले फोहरमैला व्यवस्थापनलाई सामाजिक मुद्धाको रुपमा लिनुपर्ने बताए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्लास्टिकजन्य फोहोरको असरबारे प्रस्तुति दिँदै कार्यक्रममा सहभागीहरूलाई समस्या र समाधानका उपायहरूबारे जानकारी गराएका थिए । कार्यक्रममा बास नेपालकी निबर्तमान केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत गरेकि थिईन् भने कार्यक्रम संयोजक माधव काकीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम प्रबन्धक मन भण्डारीले छलफल सहिजरकण गरेका थिए । कार्यक्रममा ४५ बढिको सहभागिता रहेको थियो ।
२०८२ जेष्ठ १४ गते सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धता आठ बुँदे प्रतिबद्धता व्यक्त गर्दै बैजनाथ गाउँपालिका वडा नम्वर ६ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा सम्पन्न सुनुवाईको अन्तमा सो प्रतिबद्धता जारी गरिएको हो । जारी गरिएका प्रतिबद्धताहरुमा योजना तर्जुमा गर्दा अनिवार्य रुपमा टोल भेला गर्ने, अपाँगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि पहल गर्ने, अपाँगता भएका व्यक्तिहरुका छोरा, छोरीहरुको शिक्षा सुनिश्चित गर्ने, लालपुर स्थित मानसरोवर बोटानिकल पार्क संरक्षणको पर्खाईमा रहेकाले उक्त पार्कलाई संरक्षण गर्ने जिम्मा न्यू हरियाली सामुदायिक बनलाई दिने, पार्वतिपुर लगायत अन्य टोलहरुमा कृषि सिचाईंका पोलहरु तत्काल बिस्तार गर्ने, वडा भित्र पिउने पानीको समस्या भएकाले निर्माणाधिन ट्याँकी तत्काल निर्माण गर्ने रहेका छन् ।
यसैगरी स्थानीयवासीहरुको बिबादका कारण अवरुद्ध भएको छगरिपुरको सडक निर्माण कार्य छलफल गरि सुचारु गर्ने, भुमि सम्बन्धि निस्सा बितरणमा ढिलाई भएको गुनासो आएकाले उक्त गुनासो सुनुवाई गर्ने, वडा भित्र निर्माण हुने बिकास निर्माणमा गुणस्तरियता कायम गर्न स्थानीयबासी सचेत हुनुका साथै वडा जवाफदेही बन्ने लगायत रहेका छन् । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजिकरण गरेको कार्यक्रममा केन्द्रीय महासचिव कल्पना अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् । कार्यक्रममा सहभागिहरुले सोधेका प्रश्नहरुको जवाफ वडाध्यक्ष भुपाल पुन मगर, सचिव निम बहादुर थापा, सम्झना प्रहरी चौकी प्रमुख धन बहादुर थापा मगर, स्वास्थ्यचौकी प्रमुख भिम बहादुर खड्का, कार्यपालिका सदस्य कमान सिंह सुनार, वडा सदस्य सुरेन्द्र थापा क्षेत्री, ईन्द्रा कुमारी भण्डारी, सुशीराम थारु, पानसरा सुनार लगायतले जवाफ दिएका थिए । कार्यक्रममा १५० बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।