काठमाडौ : टिकटकमा हालै एउटा भिडियो भाइरल भएको छ । जसमा एक ट्याक्सी चालकले याङ्गो एपको स्टिकर आफ्नै गाडीबाट हटाउँदै कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले उक्त भिडियोमा याङ्गोप्रति गम्भीर असन्तुस्टी गर्दै एपले ट्याक्सी चालकहरूलाई मात्र झुक्याउने र उनीहरूको श्रमको मूल्य नदिने आरोप लगाएका छन्।
भिडियोमा ती चालकले आक्रोश शैलीमा भनेका छन्, “यो याङ्गो हो कि ड्याङ्गो चालकहरूलाई फसाउने मात्रै काम गर्छ।
यस्तो एपले हामीजस्ता मेहनती ट्याक्सी चालकलाई असर पुर्याउँछ।” उनले थपे, “एयरपोर्ट जानलाई जम्मा ३४१ रुपैयाँ भाडा देखाउँछ, तर अन्य सेवा प्रदायकहरूमा त्यो भाडा ७४०/७५० रुपैयाँ पर्छ। यस्तो अवस्थामा चालकहरूलाई उचित आम्दानी कसरी हुन्छ ? ”
उक्त भिडियोमा उनी स्पष्ट रूपमा याङ्गो एपप्रति आफ्नो चरम आक्रोश पोख्दै गरेको देखिन्छन्। एपका अफरहरूले यात्रुहरूलाई सस्तो भाडा दिन खोजे पनि चालकहरूको हितमा काम नगरेको उनको भनाइ छ।
अन्त्यमा उनले याङ्गोको सबै स्टिकर गाडीबाट हटाउँदै भने, “यस्ता एपको पछि लागेर हिँड्यो भने पेट भरिने छैन बरु भोकै परिन्छ ”
उक्त भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ जसले देखाउँछ कि केही चालकहरूमा नयाँ एपप्रति असन्तुष्टि बढ्दो छ।
भिडियो लिंक – https://www.tiktok.com/@bijayalama4454/video/7508306557294120200?is_from_webapp=1&sender_device=pc