Admission Open

ad place

नेपालमा भिभो भी ५० लाईट सार्वजनिक

हेर्नुहोस् के के छन् विशेषता ?

काठमाडौं : अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाईट नेपालमा सार्वजनिक गरेको छ। शक्ति, उच्च प्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताका आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो।

भिभोले यो स्मार्टफोन एक विशेष स्ट्यान्डअप कमेडी शो (द लाईट शो) मार्फत सार्वजनिक गरेको हो। प्रविधि, हास्य र मनोरञ्जनको सकारात्मक पक्ष उजागर गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्का तथा चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो। उनीहरूको रचनात्मक हास्य पञ्चलाइनहरूले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको एक अविस्मरणीय अनुभव प्रदान गर्यो ।

भी ५० लाईट मा समावेश गरिएको ६५०० एमएएच क्षमताको ब्लु वल्ट ब्याट्री भी सिरिजमै अहिलेसम्मकै ठूलो क्षमता हो। ९० वाटको फ्ल्यास चार्ज प्रविधिले एक घण्टाको चार्जमा पुरै दिन चल्ने ब्याट्री शक्ति प्रदान गर्छ। यसमा ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थन रहेको छ, जसले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिन्छ।

फोनमा ६.७७ इञ्चको १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले तथा ९४.२ प्रतिशत स्क्रिन–टु–बडी रेसीयो छ, जसले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्छ। ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइल, ग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमले फोनको प्रीमियम डिजाइनलाई थप निखार दिएको छ। साथै, कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सर्टिफिकेसन जस्ता विशेषताले फोनको दिगोपन र सुरक्षाको प्रत्याभूति दिन्छ।

यो स्मार्टफोन दुई भिन्न प्रोसेसर विकल्पमा उपलब्ध छ – मीडियाटेक डाइमेन्सिटी ६३०० (५जी) र स्नापड्रागन ६८५ (४जी)। दुवै प्रोसेसरले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मूद मल्टिटास्किङ सुनिश्चित गर्छन्। सर्कल टु सर्च, लाइभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिंक जस्ता सुविधाले प्रयोगकर्तालाई थप स्मार्ट अनुभव प्रदान गर्छन्।

फोटोग्राफीको पक्षमा, फोनमा ५० एमपी क्षमताको सोनी आईएमएक्स ८८२ मुख्य क्यामेरा छ, जसमा औरा लाइट पोर्टेट र २एच गोल्डेन पोर्टेटजस्ता सुविधा छन्, जसले हरेक फोटोमा प्रोफेस्नल टच दिन्छ। सेल्फीका लागि ३२ एमपीको अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई इरेज तथा एआई फोटो इनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई सहज र तस्वीरलाई जीवन्त बनाउँछन्।

भिभो भी ५० लाईट दुई संस्करणमा उपलब्ध छ। ८ जीबी र्याम ं २५६ जीबी स्टोरेज भएको फोर जी संस्करणको मूल्य ३७,९९९ राखिएको छ भने १२ जीबी र्याम ं २५६ जीबी स्टोरेज भएको फाइभ जी संस्करणको मूल्य ४५,९९९ निर्धारण गरिएको छ। यी दुवै संस्करणहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...