नेपालगञ्ज : नेपालगञ्ज बैझनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ८ को आयोजना र बास नेपालको सहजीकरणमा सोमवार वडा नम्बर ८ को वडा कार्यालयमा ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताका साथ सम्पन्न भएको हो ।
बैझनाथ गाँउपालिका वडा नम्बर ८ को कार्यालयले दिने सेवा सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रमबाट कृषकले प्राप्त गर्ने अनुदान वापतमो मकैको बिऊ गुणस्तिरिय नभएको गुनासो आएपछि त्यसको लागि पालिकाको कृषि शाखा सँग बुझि समस्या समाधानको लागि पहल गर्ने, मेल मिलाप समितिको बैठक बस्ने कार्यकक्ष नभएकाले वडाले तत्काल त्यस्को ब्यवस्था गर्ने, खुल्ला छलफलमा अधिकाँस टोलमा खानेपानी अभाव भएको गुनासो आएकाले त्यस्को समाधानका लागि वडा कार्यालयले पालिका सँग समन्वय गरी समस्या समाधान गर्ने प्रतिबद्धता गरिएको छ ।
त्यस्तै नाउ टोल र दुधान टोलमा बाटो र नालीको समस्या भएकोमा ति टोलबाट स्थानियहरुको सहमती सहित वडामा निदेदन दिन आएमा त्यसको लागि पहल गर्ने, स्वास्थ्य चौकीको गेटमा डिजिटल साईनबोर्ड नहुँदा रातीमा स्वास्थ्य संस्थामा आउने बिरामीहरुलाई असहज हुने गुनासो पश्चात डिजिटल बोर्ड सञ्चालनका लागि वडाले तत्काल पहल गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत बिभिन्न तालिमको माग आएकाले वडाबाट त्यस्तो कार्यक्रम नभएको र सबै कार्यक्रम पालिकाले नै सञ्चालन भएकाले पालिका सँग समन्वय गरी काम गर्ने, प्रतिबद्धताहरु गरिएको छ ।
एक सय बढिको सहभागीता रहेको सार्बजनिक सुनुवाईमा सरोकारवालाहरुको रुपमा बैझनाथ गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भगन थारु, कार्यपालिका सदस्य कृष्ण कुमारी सुनार, वडा सदस्यहरु सुक बहादुर रावत, धिरेन्द्र सिंह ठकुरी, बिमला सिंह थारु, वडा सचिब डम्बर बहादुर खत्री, स्वास्थ्य चौकी ईन्चार्ज बिरेन्द्र शाही रहेका थिए ।
२ घण्टासम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रममा पालिकाबाट पाउने कृषि अनुदानमा गुणस्तिरियाता नभएको, वडाका बिभिन्न टोलमा बाटोघाटो र नालीको ब्यवस्था नहुदा बर्षामा डुवान हुने, बिभिन्न समुदायमा पिउने पानीको अभाव भएको, स्याथ्यचौकीको गेटमा डिजिटल बोर्ड नहुँदा रातीमा सेवा लिन आउने बिरामीहरुमा असहजता भएको, लक्षित बर्ग उत्थान कार्यक्रमहरु केही पनि वडाबाट सञ्चालन नभएको गुनासाहरु सहभागीहरुले राखेको थिए भने वडा अध्यक्ष भगन थारुले गुनासाको सुनुवाई गरेका थिए ।
बास नेपालका कार्यक्रम संयोजक शोभा थापाले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने वडा सचिव डम्बर बहादुर खत्रीले आर्थिक बर्ष २०८१ ०८२ को प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सार्बजनिक सुनुवाईको सहजीकरण गरेको थिए ।