काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले झापा, बिर्तामोडमा पल्सर एन१२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।
जेठ ६ गते साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्ने छिन् ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८ सीसी एयर(कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ केडब्लु पावर र ११ एनएम टर्क उत्पादन गर्दछ। यो १२५सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, एन१२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ’ ।