Admission Open

ad place

सुनको मूल्यमा ३ हजार ५ सयले गिरावट, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं, १ जेठ : आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन बुधबार ५ सय रुपैयाँले वृद्धि भएको सुन आज ३५ सय रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ३५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।बुधबार एक तोला सुनको भाउ १ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज एक तोला चाँदी १९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...