Admission Open

ad place

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वशर्त : अध्यक्ष ढकाल (नेउवा महासंघ )

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वशर्त भएको बताएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको वताएका बताएका हुन् ।

भूतप्रभावी कानुन, करका दरहरुमा हुृने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजश्व पनि अपेक्षित रुपमा उठन नसकेको उनको भनाइ छ । आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकको उपस्थितिमा महासंघमा आयोजना भएको कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तःशुल्कका बिषय आउन थालेको विवाद, नयाँ करका दरहरु लगायतका बिषयमा सरकार संवेदनशील हुनपर्ने बताएका छन् ।

नेपालमा सयाँै बर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक करसम्बन्धी कानुनहरु पछिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलार्ई प्रदान गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल राष्ट बैंकका निर्देशक एवं सम्पत्ति शुद्धिकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भटराईले यो बिषय अन्तर्राष्ट्रियस्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरी सुधार गर्दै जानुपर्ने बताएका छन् ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजश्व अनुन्धानले निजी क्षेत्रसंगको सहकार्यमा काम गर्न चाहेको बताउँछन् । भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरी सहजीकरण गरिने बताउँछन् । आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्र मैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको बताए ।

बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने र केही कतै समस्या भए सुधार गरिने उनको भनाई छ । महासंघका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघले दिएका सुझाव कार्यान्वयनका लागि सरकारसंग आग्रह गरेका छन् । छलफलमा महासंघका सदस्य, जिल्ला, नगर, वस्तुगत, द्धिराष्ट्रिय र एशोसिएट गरी एक सय भन्दा बढी सदस्यको सहभागी थिए । यस बर्षको बजेटमा गरिएको व्यवस्थाले व्यवसायमा पारेको प्रभावबारे उनीहरुले धारणा राखेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...