Admission Open

ad place

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ) : मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार ४ सय भेटी सङ्कलन भएको छ ।

वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए ।

समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा २ लाख २० हजार २७२ जना पाथीभरा आएका समितिले जनाएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...