Admission Open

ad place

नेपाली बजारमा चेरीको सबब्राण्ड ‘काइ एक्स ३ प्रो’ गाडी आउने

काठमाडौं : नेपाली बजारमा चिनीया विद्युतीय गाडीको आकर्षण बढ्दो छ । ग्राहकहरु विद्युतीय गाडीमा आकर्षित भएसँगै नयाँ नयाँ ब्राण्डका गाडीहरु नेपाल भित्र्याउने क्रम पनि बढ्दो छ । यसैक्रममा चेरीको सबब्राण्ड ‘काइ एक्स ३ प्रो’ गाडी नेपाल भित्रिने भएको छ ।

एल आरआर ग्रुले चीनमा निर्मित यो गाडीलाई छिट्टै नेपालमा भित्र्याउने तयारी गरेको बताइएको छ । एक महिनाभित्रै नेपाली बजारमा परीक्षणका लागि गाडी आउने ग्रुपले जनाएको छ । २ भेरियन्टमा नेपालमा यो गाडी आउनेछ । इभीमा अत्याधुनिक प्रविधिको प्रयोगबाट गाडी बनेको र उच्च स्तरीय फिचरहरुको समिश्रण भएकाले नेपाली बजारमा यो गाडी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

५२.७ किलोवाट आवरको ब्याट्री प्याक, सिंगल चार्चमा ४०१ किमी रेन्ज, ४५ मिनेटमा फुल चार्ज हुने लगायत विशेषता गाडीमा छन् । यो गाडीमा क्याटलको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ ।

उच्च-शक्तिको एल्युमिनियम मिश्रित धातु फ्रेम ब्याट्री बक्स, बहु–तह इन्सुलेशन डिजाइन पनि यो गाडीको विशेषता छ । १९० एएएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडी ४४०० एमएम लम्बाई, १८३१ एमएम चौडाइ,, १६५३ एमएम उचाईमा उपलब्ध छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...