Admission Open

ad place

खुल्यो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

[ ‘भिजिबिलिटी’ नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो ]

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

“विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए”, सूचना अधिकारी कर्णले भने ।

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...