Admission Open

ad place

चैतसम्म साढे ५ लाखले लिए श्रम स्वीकृति

काठमाडौं : चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे ५ लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

चैतमा मात्रै ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार २४१ जना पुरुष र ६६ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

यसैगरी चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मङ्सिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विभागको तथ्याङ्क अनुसार चैतमा मात्रै १७ हजार ८१८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । सोही महिनामा साउदी अरेबियामा १३ हजार ६४१ जना, कतारमा ११ हजार २०४ जना, मलेसियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९६४ जना पुगेका छन् ।

यसैगरी रोमनियामा २२ सय ९९ जना, क्रोएसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १३ सय ५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...