Admission Open

प्रति तोला रु. २ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ८ चैत्र : स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु २६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार ८ सय तोकिएको छ ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु १५ सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु १५ सय ५५ निर्धारण गरिएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...