Admission Open

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पनि पाए विश्वासको मत : पक्षमा १५७ जना र विपक्षमा ११० जनाले गरे मतदान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक पनि विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा आज भएको मत विभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गरेका छन् भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ ।

नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।

विश्वासको मतको प्रास्ताव गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गरेका थिए । सो अवसरमा उनले देशको जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...