Admission Open

शाओमीको इन्ट्री लेभल रेड्मी ए थ्रि स्मार्टफोन नेपालमा


काठमाडौँ, २७ फागुन : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ । रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ® ग्लास ३ को सुरक्षा सहित संचालित छ ।
१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रि लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्यु ले भन्नुभयो, “ग्राहकहरु माझ रेड्मी ए थ्रि प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी ए थ्रि मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरु उपलब्ध छ । रेड्मी ए थ्रि स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन हो । ”
उत्कृष्ट डिस्प्लेः
रेड्मी ए थ्रि को ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५० ८ ७२० पिक्सेलको रिजोल्युसनले तपाईंले हेर्ने हरेक तस्विरलाई आकर्षक बनाउँछ । हरेक फोटो र भिडियोमा भाइब्रेन्ट रङहरू र सार्प क्लारिटीको साथ रेड्मी ए थ्रिले एक अनुपम अनुभव प्रदान गर्नेछ ।
शक्तिशाली प्रदर्शनः
मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ । ४ जिबी ¥याम (४ जिबी विस्तारित) र १२८ जिबी स्टोरेजको ( १ टीबी सम्म बडाउन सकिने ) साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्नेछन् । रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ को स्वाद दिनेछ । यस फोनले दुई मुख्य एन्ड्रोइड अपडेटहरू र ३ वर्षको सेकुरिटी प्याच अपडेटहरू प्राप्त गर्नेछ ।

लङ लास्टिङ ब्याट्रीः
रेड्मी ए थ्रिको ठुलो ५००० एमएच ब्याट्री क्षमताले युएसबी टाईप सी र १० वाटको चार्जिङ समर्थन गर्दछ जस्ले दिनभर स्र्माटफोनसँग कनेक्टेड रहिरहन मद्दत प¥याउँनेछ ।

स्लिक डिजाइनः
स्टाइल र स्टेबिलिटीको साथ रेड्मी ए थ्रि ले स्लीक डिजाइन र कोर्निंग ® गोरिल्ला ® ग्लास ३ को सुरक्षा पनि प्रदान गर्दछ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् जसले यस स्र्माटफोनलाई झनै सुरक्षित र सहजत बनाउँदछ ।

बजार उपलब्धता
रेड्मी ए थ्रि मा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरुमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ ।
३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमश रु. ११,९९९ र रु. १२,९९९ पर्नेछ ।
यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...