Admission Open

ad place

नेपाल आउँदै बोल्टका उत्पादनहरु

काठमाडौँ, १६ माघ  : भारतीय अडियो कम्पनी बोल्टको इयर–बड र स्मार्ट–वाचहरु नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
श्री वरुण गुप्ता र श्री तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरु डिजाइन र निर्माण गर्दै आएको छ । हालसम्म २ करोडभन्दा बढी उत्पादनहरु बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकता बमोजिमका बोल्ट स्मार्टवाच र त्ध्क् ९ट्रु वायरलेस स्टेरियो) इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो ।

पछिल्लो समय अडियो एसेसरिजहरुको माग तीब्र गतिमा बिक्री भइरहेको छ । बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ । नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...