Admission Open

ad place

सुट्मालाका सीईओ राज कार्कीलाई ‘राष्ट्रिय युवा उद्यमी २०८०’ सम्मान

काठमाडौं : नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष तथा सुट्मालाका सीईओ राज कार्कीलाई ‘राष्ट्रिय युवा उद्यमी २०८०’ सम्मान प्रदान गरिएको छ । शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन् ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिलाई सम्मान गरिएको छ ।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की एक दशकदेखी सर्टिङ सुटिङ व्यवसायमा सक्रिय छन् । बिभिन्न सामाजिक सेवाका काममा योगदान दिदै आएका कार्कीले यसअघि बिभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...