Admission Open

ad place

अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा सिट्रोनको ‘न्यू-इयर बोनान्जा’

काठमाडौँ, १२ पुस : नेपालका लागि सिट्रोनको आधिकारिक बितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा ‘न्यू-इयर बोनान्जा’ ल्याएको छ । भारतमा बनेको फ्रेन्च डिएनए कार ब्राण्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू – सिट्रोन सि३ (पेट्रोल भर्जन) र सिट्रोन इ सि३ (विद्युतीय भर्जन) मा नगद छुटलगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सि३ मा रु. २००,००० र विद्युतीय भर्जन सिट्रोन इ सि३ मा रु. १००,००० सम्मको लाभ पाउन सक्नेछन् ।

नयाँवर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एकवर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्नेछन् । यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले आफ्ना ग्राहकहरुको नयाँवर्षमा नयाँ उमङ्ग थप्ने विश्वास कम्पनीले लिएको छ ।

यस ‘न्यु-इयर बोनान्जा’ सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुनेछ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...