Admission Open

ad place

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं : जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित समुदायलाई नेपाल बैंक लिमिटेडले आर्थिक सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ ।

नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आयोजित एक कार्यक्रममा रू.५० लाखकोे चेक  प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हस्तान्तरण गरेका छन् । नेपाल बैंक लिमिटेडबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्रीले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...