काठमाडौँ, १३ मंसिर : बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरि तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।