Admission Open

ad place

संरक्षणको पर्खाईमा गोल्मा दरबार


सञ्जय कार्की/रौतहट : ओझेलमा परेको चन्द्रपुर नगरपालिका–१ मा रहेको ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने भएको छ ।

पाँचसय वर्षअघिको शेनवंशीय राजा गोल्मा राजारानीको दरबार क्षेत्रमा रहेको टुडिखेलमा थाईसरकारको सहयोगमा दुई करोड रुपैया पर्ने साँडे ९ फिटको बैरीबिनाश भगवान बुध्दको मुर्ती स्थापना गरिने भएको छ । सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गरिने भएको छ । पुरातात्विक महत्व बोकेको सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौध्द बिहार जुटेको छ । सो क्षेत्रको विकासमा स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन भने जङ्गलको संरक्षण गर्दै विदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन । सो क्षेत्रमा बेल र पारिजातका फुलहरु समेत रहेका छन ।

आउदो मंसिर १० गतेभित्र बैरीबिनाश भगवान बुध्दको मुर्ती स्थापना हुने भिक्षु मेधंकर स्थवीरले बताउनु भयो । उहाँका अनुसार ऐतिहासिक, पुरातात्वीक र किम्बदन्ति महत्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकीय धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाँचो रहेको बताउनु भयो । ऐतिहासिक रहेको गोल्माराजाको दरबारको ईट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको ईनारमा प्रयोग गरिएको छ भने ०११ सालतिर मानब बस्तीको बिस्तार संगै अलपत्र रहेको सो दरबारको ईट्टाको प्रयोग गरी स्थानीयले घरसमेत निर्माण गरेको स्थानीयले बताएका छन । भग्नावशेष रहेको दरबारको जीर्णोदारमा स्थानीयले जोड दिएका छ । तीनै तहको सरकारबाट ओझेलमा परेको सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थवीरले देखाएको चासोमा स्थानीयको भने सहयोग रहेको स्थानीय गोपाल घिमिरेले बताउनु भयो । चन्द्रपुर नगरपालिका वडानम्बर १ स्थित गैरीगाँउबाट आधाघण्टाको उकालोमा दरबारको टुडिखेल पुगिन्छ भने टुडिखेलबाट १५ मिनेट ओरालो र उकालो चढेपछि गोल्मा राजारानीको दरवार रहेको स्थानमा पुगिने स्थानीय समिरबाबु कार्कीले बताउनु भयो ।

दरबार क्षेत्रमा रहेको टुडिखेलमा गोल्मा राजाको शैनिकले परेड खेल्ने स्थानीय बृढापाकाहरु बताउछन । चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु राना मगरले दरवारको जीर्णोद्वार गरेर सङ्गग्राहलयको रुपमा विकास गर्न सकिने बताउनु भयो । उहाँका अनुसार दरबारबाट स्थानीयले पुरानो गोल्कि पैसा, जाँतो, तरवार लगाएतका सामान स्थानीयसंग अझै सुरक्षित रहेको बताउनु भयो । दरवार रहेको स्थानमा अझै त्यस बेलाको ईट्टा, काटिएका ढुंगा रहेको छ । चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले शेनवंशीय राजा गोल्मा राजारानीको दरबारको जिर्णोद्दार र टुडिखेललाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताउनु भयो । प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमलसिनाले गोल्मराजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताउनु भयो । दरबारको विषयमा पुरातत्व विभागलाई जानकारी भैसकेको बताउनु हुदै उहाँले यसको संरक्षण र प्रबद्र्धनमा सबैपक्ष जुटने हो भने मधेश प्रदेशकै पर्यटकीय गन्तब्य बन्ने छ ।

 

 

टिप्पणिहरु
Loading...