Admission Open

ad place

कोशी प्रदेश सरकार : मन्त्री रानामगरले दिए राजीनामा, सरकारबाट बाहिरियो एमाले

काठमाडौँ, १८ कार्तिक : नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।

आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन । राजीनामा दिएपछि कार्कीले भने, ‘हामी हिजो पनि सरकारको गठबन्धनमा थिएनौं, भोलि पनि हुँदैनौं । हामी सरकारबाट बाहिरिन्छौं । केन्द्रीय गठबन्धनमा भएका दल प्रदेश सरकारमा सामेल भएपछि हामी सरकारमा बसिरहँदैनौं ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...