
काठमाडौँ : आजदेखि नेपाल राष्ट्र बैङ्कले नयाँ नोट साट्ने सुविधा दिने भएको छ ।
आजदेखि काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतका मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट साट्न सकिनेछ ।
यस्तै, काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा पनि नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँनोट साट्न सकिने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।
त्यस्तै १ जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।


