
काठमाडौं, २५ असोज / राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने बताए ।


