Admission Open

चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

काठमाडौँ, १५ भदौ / उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ ।

‘ओरियन्टल’ सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो सारसलाई बचाउनका लागि आफूहरूले धेरै विकल्पबारे विचार गर्नुपरेको उल्लेख गरे ।

सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानिएको उनले बताए । सोहीअनुससार नक्कली चुच्चो प्रदान गरिएको उनको भनाइ छ ।

उपचारपछि चरालाई जंगलमा छोडिएको छ । यो चरालाई ‘विशाल पाण्डा’ भनेर पनि चिनिन्छ । अन्तर्राष्ट्रिय संघले यसलाई दुर्लभ चराका रूपमा सूचीबद्ध गरेको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...