Admission Open

पर्यटन मन्त्री किराँतीलाई पितृ शोक : उनका पिताको आज बिहान निधन

काठमाडौँ, ६ भदौ / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । उनका पिताको आज बिहान निधन भएको उनले फेसबुकमा लेखेका छन् ।

किराँतीले पिताको निधनको जानकारी दिँदै आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छातीभित्र । आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’

मन्त्री सुदन किराँतीलाई हाम्रो पनि हार्दिक समवेदना । उहाँका स्वर्गिय पिताजीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...