धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या 

ताप्लेजुङ, २९ साउन / मैवाखोला गाउँपालिका–५ फाकुम्वाका एक युवकले आफ्नै आमाको हत्या गरेका छन्। फाकुम्वाका ३३ वर्षीय डिल्लीकुमार लिम्बूले धारिलो हतियार (बाम्फोक) प्रहार गरी आफ्नी आमा धनमाया लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए।

उक्त हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे मात्रै साँघु प्रहरी चौकीमा खबर गरेका थिए।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...