Admission Open

ad place

रियलमीको सर्भिस सेन्टर अब पोखरामा पनि

पोखरा / सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौं । नेपालभरी छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरुलाइ राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरेका छौं । हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ।”

रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले भने, “हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरुको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरु प्रति आभारी छौं।”

यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरुलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाईमा पु¥याएको छ । यस सेवा केन्द्रमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरु लगयत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरु छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्नसक्ने जुनैपनि समस्याहरुको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनिले जनाएको छ ।

रियलमीले कम मूल्यमा फ्ल्यागशिप स्तरका सुविधाहरू प्रदान गर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको छ ।

पोखराको चिप्लेढुङ्गास्थित मोबाईल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्छ । ग्राहकहरूले आधिकारिक रियलमी वेबसाइट र एप मार्फत अनलाइन पनि सपोर्ट पाउन सक्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...