काठमाडौं / शुक्रबार पनि सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।