Admission Open

ad place

नेपालमा ४४ प्रतिशतभन्दा बढी नागरिक बीमाको पहुँचमा

काठमाडौँ, १४ साउन / नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमामा समेटिएको ताजा तथ्यांकले देखाएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्म ४४ प्रतिशतभन्दा बढी नागरिक बीमाको पहुँचमा छन् ।

वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव २० प्रतिशत नागरिकसम्म फैलिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३८ दशमलव ९९ प्रतिशत जनसंख्या छ ।

अघिल्लो आवको सोही अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा ३९ दशमलव ९५ प्रतिशत जनसंख्या रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमाबाहेक बीमाको दायरा ३७ दशमलव शून्य ४ प्रतिशत जनसंख्यासम्म फैलिएको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव २० प्रतिशत पगेसंगै बीमाको पहुँचमा एक करोड २८ लाख ९० हजार ७४३ जना नागरिक छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...