काठमाडौं / नियमित पानी परेसँगै डेङ्गु सङ्क्रमित बढ्न थालेको भन्दै काठमाडौं महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको छ । अहिलेसम्ममा कामपामा दश जनामा संक्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा संक्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरे ।
