Admission Open

ad place

वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ बजेदेखिनै सञ्चालन हुने

काठमाडौँ, ३१ असार / वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले असार २२ गते गरेको वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय भोलिदेखि कार्यान्वयनमा आउन लागेको हो।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए)ले त विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्।

एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।

एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...