Admission Open

आज शुक्रबारको राशिफल, हेर्नुहोस् आज तपाईँको भाग्य कस्तो छ ?

काठमाडौँ, ८ असार  / श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ८ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुन २३ तारिख आषाढ शुक्ल पक्षको पञ्चमी तिथि मघा नक्षत्र वज्र योग कौलव करण आनन्दादियोगमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः११ बजे भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।

                                                                                         – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – स्वास्थ्यका दृष्टिकोणले राम्रो समय भए पनि मनमा दुविधा रहन सक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । काममा बाधा र हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला । सामाजिक काममा चाहिँ नाम रहने योग छ । प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ

वृष – प्रेम र मित्रताको बन्धन कसिने दिन छ । वैवाहिक जीवन सुखद रहला । पाहुनाको आगमन होला । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । विभिन्न सहयोग र उपहार पाइने योग छ । काम बन्नाले मन रमाउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ब्यस्तता बढ्ला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आरोग्यता र पराक्रम बढ्नेछ । परोपकारकारका क्षेत्रमा मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रिय साथीसँग भेटघाट हुने योग पनि छ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने समय छ, सावधान रहनुहोला । अनावश्यक रूपले धन नाश हुन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका लागि खानपानमा विचार पुऱ्याउनुहोला । यात्राको क्रममा सावधान रहनुहोला । खेलकुदजन्य कार्यमा रुचि बढ्ला ।

सिंह – प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनाले दिन रमाइलै रहला । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । आज ठुला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सुखद खबर सुन्न सक्नुहुनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । अधुरा कामहरु सम्पन्न हुनसक्ने समय रहेको छ । आयआर्जन हुने दिन छ, मनमा हर्ष छाउनेछ । रमाइलो यात्राको पनि योग रहेको छ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला – नयाँ काम पाउने र धन मनग्य कमाउने अवसर मिल्ने समय छ । टाढाको यात्रा हुने योग छ, यात्रा सुखद रहला । आज लेनदेको काम भने नगरेकै बेश होला । पाहुना आगमनको योग छ । शुभ काममा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । समृद्धि बढोत्तरी हुनेछ ।

वृश्चिक – ब्यर्थको खर्च हुने र स्वास्थ्यमा गडबडीकोे सम्भावना छ । खानपानमा एकदमै सजक रहनुहोला । धननाश हुन सक्छ, साथै प्रेममा पनि धोका हुने योग छ । महत्वपूर्ण समय सानातिना काममा बित्नेछ । सहयोगीहरूले साथ दिए पनि काम अधुरै रहन सक्छ । दायित्व बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केहि दुविधा रहला । तथापि, काममा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । स्वास्थ्यका लागि आहार-विहारमा विशेष सतर्क रहनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन धन आर्जनका नयाँ बाटा खुल्न सक्छन् । खर्च भन्दा कमाई नै बढी हुनेछ । कृषिक्षेत्रमा भने अलिक बढी लगानी र परिश्रम गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । मनमा हर्ष उल्लास छाउनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन कामहरु सजिलैसँग बन्नेछन् । सुखविलास तथा इच्छाशक्ति बढ्नेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काममा जाँगर थपिने छ । आर्थिक लाभ होला । पारिवारिक सुख मिल्ने दिन छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नेछ । यात्रामा सफलता प्राप्त होला ।

मीन – दिन सोचेअनुरुप सुखद नरहन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रूपमा समस्या देखिनुका साथै घरपरिवारमा पनि केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ तर ब्यर्थै समयको नाश होला । उदासिनता बढ्ने योग छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकाले धोका दिन सक्छन् । साझेदारीको काम भने बन्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...