काठमाडौं । एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्वारा कदर स्वरुप सम्मानित भएका छन् । यो सम्मान पाउने उनि पहिलो नेपाली हुन् । विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेकोे योगदानको कदर स्वरुप सम्मानित भएका हुन् ।
दुगड़ परिवारको व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एम.भी. दुगड़ ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरु मार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागि रहनु भएका मोतीलाल दुगड़ एम.भी. दुगड़ ग्रुपको कार्यकारी अध्यक्ष हुन् ।
नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि सम्बन्धि उपकरण, निर्माण उपकरण लगायत आयात तथा बेचविखन कार्य गरिरहेको यो समुह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो । उनि विभिन्न सामाजिक तथा परोपकारी कार्यहरुमा समेत संलग्न रहँदै विभिन्न संस्थाहरुमा पनि आवद्ध छन् ।
