Admission Open

गर्मीमा लाग्ने रोग, लक्ष्यण र बच्ने उपाय

काठमाडौं : केहि दिन भयो गर्मी निकै बढेको छ । दिउँसो समयमा बाहिर निस्कनको लागि पनि निकै कठिन परेको अवस्था रहेको छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ । यसले गर्दा जनजिवन पनि निकै कस्टकर भएको छ । पहाडी जिल्लाहरुमा त गर्मीको असर देखिएको छ भने ताराईको जनजिवन त निकै कस्टकर भएको छ । गर्मी बढे सँगसगैँ रोगहरु पनि पनि धेरै लाग्न सक्छ । यस्तो बेलामा निकै ख्याल गर्नुपर्ने हुन्छ । आज हामी गर्मी लाग्ने रोगहरुको बारेमा चर्चा गर्ने छौं । यो मौसमलाई रोगहरुको मौसम पनि भन्ने गरिन्छ । गर्मीको यो मौसममा सरुवा रोगहरुका भाइरसहरुले संक्रमण गर्ने गर्दछ ।

चिकित्सकका अनुसार यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोग हरूले बढी संक्रमण भएका विरामीहरूको चाप बढ्ने गरेका पाइन्छ । साथै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रवटाइफस, कालाजार पनि यही मौसममा सक्रिय हुने हुद्धा यस्ता विरामीहरु पनि अस्पताल पुग्ने गरेको पाइन्छ ।

दूषित पानी तथा खानाको कारण टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँजस्ता रोगहरु लाग्ने गर्दछ । यस मौसममा सडेगलेका, झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँमा खानाले र आफ्नो पनि सफाइ राम्रोसँग नगरेको अवस्थामा यी रोग पनि रोग लाग्ने गर्दछ । त्यसै ले गर्दा आफ्नो व्यत्तीगत सरसफाइलाई पनि विशेस ध्यान दिनुपर्ने हुन्छ । आज हामीले गर्मीको समयमा बढी देखिने सरुवा रोग झडापखला र हैजाको बारेमा चर्चा गर्ने छौ ।

झाडापखाला
झाडापखाला दूषित पानी तथा खानाको कारणले लाग्ने रोग हो । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कलेरा, कलेरालगायत संक्रमण गराउने जीवाणु हुन्छ । खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ र झाडापखाला जस्तो रोग लाग्ने गर्दछ । घरबाहिर खाजा तथा खाना खाने जागिरे र मजदुर बढी मात्रामा झाडापखालाको संक्रमणमा पर्ने गरेको चिकित्सक बताउँछन् ।
झाडापखाला लागे पछि शरिरमा विभिन्न किसिमको लक्षणहरु देखा पर्दछ । यस रोग लागे पछि मुख्य रुपमा देखिने लक्षणमा बारम्बार पातलो दिसा लाग्नुका साथै पेट दुख्ने । शरिरमा पानीको मात्रा कमी हुने जसको कारणले गर्दा पखालाको समयमै उपचार नभए शरीरमा पानी र नुनको मात्रा कम भई जलवियोजन हुन्छ । जलविनियोजनका कारण बिरामीको मृत्युसमेत हुन सक्छ ।

सडेगलेका खाना र दूषित पानीका कारण यो रोग लाग्ने भएकाले गर्मी मौसममा स्वच्छ पानी तथा खाना खाए यो रोगबाट बच्न सकिन्छ ।
यो रोग लागिहाले सक्दो मात्रामा जीवनजल र नरम झोलपदार्थ सेवन गर्नुपर्छ । यदि झाडापखालाको साथै वान्ता पनि छ भने अस्पताल जानु पर्ने चिकित्सकहरु सल्लाह दिन्छन् ।

हैजा
दिसामिश्रित पानी या खानामा पाइने भिब्रियो कलेरा नामक जीवाणु पानी या खाना प्रयोगको क्रममा पेटमा पुगेपछि हैजाको संक्रमण हुने गर्दछ । मौसकको कारण पानीका स्रोत जमिनमुनिका पाइप, धारा तथा कुवा दूषित हुने र त्यस्तो पानी प्रयोग गरे यो जीवाणु हाम्रो पेटमा प्रवेश गर्छ र पेटमा पुगेपछि पेट दुख्ने, बारम्बार पातलो दिसा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखा पर्दछ । वान्ता र पातलो दिसा पटक–पटक हुँदा शरीरमा भएको नुन तथा पानीको मात्रा बगेर जान्छ र जलवियोजन हुन्छ । यस रोग लाग्दा मुख्य यस्ता किसिमका लक्षणहरु देखिन्छ ।

दिनमा तीन पटकभन्दा बढी दिसा लाग्ने
वान्ता हुने
दिसा गर्दा सजिलै आउने
शरीर कमजोर हुने
शरीरको मांसपेशी बाउँडिने

यस बाट बच्नको लागी निम्न उपाएहरु अपनाउन सकिन्छ ।

दूषित खाना तथा पानी नखाने
पानी उमालेर या शुद्ध गरेर मात्र खाने
खाना खानुअघि अनिवार्य हात धुने
शौचालय या सार्वजनिक स्थलबाट आएपछि अनिवार्य हात धुने
बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने
सडेगलेको तथा बासी खाने कुरा नखाने
व्यक्तिगत सफाइमा ध्यान दिने
हैजा भइहाले जीवनजल बढी खाने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ । नेपालमा यो रोगको संक्रमण बर्सेनी हुने गरेकाले सफाइमा सचेत भए यो रोग लाग्नबाट बचिने चिकित्सक सुझाउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...