काठमाडौँ, ११ जेठ : रातो मच्छेन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा चिनिन्छ । यिनै सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीबार देखाइने छ ।
सरकारले काठमाडौँ उपत्यकाकाक तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो।
सहसचिव तथा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनाअनुसार भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिइएको हो ।