
काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले जेठ २ देखि जेठ १७ सम्म रेडमी १० २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० २०२२ मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।
यसबारे बोल्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भन्नुभयो, “ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ । ”
रेडमी १० २०२२ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागि व्यापक रूपमा प्रशंसा गरिएको छ। यो स्मार्टफोनमा ६.५ इन्चकोFHD± डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ। शक्तिशाली MediaTek Helio G88 प्रोसेसरद्वारा सञ्चालित, रेडमी १० २०२२ ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ। 18W फास्ट चार्जिङ सपोर्ट रहेने यसमा शक्तिसाली 5,000mAh ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन् ।
उपलब्धता
रेडमी १० २०२२ पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगहरूमा उपलब्ध हुनेछ । यो 4GB+64GB / 6GB+128GB गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
रेडमी १० २०२२ 4GB + 64GB –वास्तविक मूल्य रु २०,४९९ र छुट मूल्य रु १९,९९९ रहेको छ ।
रेडमी १० २०२२ 6GB+128GB (वास्तविक मूल्य रु २३,९९९ र छुट मूल्य रु २२,९९९ रहेको छ ।
रेडमी १० २०२२ देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ, र छुट मूल्य जेठ २ देखि जेठ १७ सम्म मात्र उपलब्ध हुनेछ ।


