Admission Open

ad place

सार्वजनिक यातायातको भाडा घट्यो :

काठमाडौं : यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य घटाएसँगै विभागले बुधबारबाट लागु हुनेगरि सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

विभागले एक सूचना जारी गरी इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब २० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब ६५ प्रतिशतले भाडा घटेको जनाइएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...