काठमाडौँ, २ जेठ : मंगलवार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदीको भाउ स्थिर छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।