Admission Open

मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडाैं : मोदी इनर्जि लिमिटेडको कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता शेयर निष्काशन गरेको थियो। कर्मचारीहरुका लागि छुट्याइएको शेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता शेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको हो।

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो। जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...