Admission Open

बालकृष्ण खाँणलाई निलम्बन गर्ने तयारीमा कांग्रेस : आज पनि पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २८ वैशाख : आज पनि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको आरोपमा हिरासतमा पुगेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले निलम्बन गर्ने तयारी गरेको बुझिएको छ । गिरोहलाई सहयोग गरेको आरोपमा खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।

हिजोको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

नेपाली कांग्रेसको हिजो बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बताईएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...