Admission Open

नेपाली कथानक चलचित्र ”सानीमाय” को शुभमुर्हत सम्पन्न

काठमाडौँ : 8488 इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मस्को निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र सानीमाया को शुभमुर्हत नेपाल चलचित्र विकास वोडका पुर्व अध्यक्ष राजकुमार राईले गरेका छन । शुभ-मुर्हत कार्यक्रम बोल्दै राईले चलचित्र बनाउनु ठुलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए । नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक ईट्टा थप्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमालले फिल्ममा धेरै कलाकारहरु नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि गर्न सक्छन् भन्ने उदाहरण यो सानीमाया चलचित्रबाट देखिने कुरामा विश्वास ब्यक्त गरे । उनले अगाडि भने ,“नयाँ बाटै पुरानो हुने हो, यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरुको संयोजनले चलचित्र सफल हुने विश्ववास ब्यक्त गरे ।
राज चौधरी निर्माता रहेको यस चलचित्रमा रामचन्द्र अधिकारी, शारदा गिरि, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल, कृष्णप्रसाद धिताल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र सानीमाया जेष्ठको दोस्रो हप्ताबाट सुटिङ हुने निर्माण पक्षले जनाएको छ । ओ. यस. आर. डिजिटल यस चलचित्रको डिजिटल पार्ट्नर रहेको छ ।

शुभ मुर्हत कार्यक्रममा चलचित्र कलाकार सघंका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओ.एस.आर. डिजिटलका प्रोप्राइटर ॐ प्रकाश अग्रवाल, चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठ, लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

टिप्पणिहरु
Loading...