Admission Open

ad place

शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर दिने

काठमाडौँ, १७ वैशाख : शिवश्री हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएको छ ।

कम्पनीले आफ्नो कूल चुक्तापुँजी बराबरको थप सेयर वृद्धि गर्ने गरी हकप्रद (राइट सेयर) जारी गर्ने भएको हो । कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत लिई आगामी साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव पेश गर्ने जनाएको छ । (रासस )

टिप्पणिहरु
Loading...