Admission Open

ad place

सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

हेर्नुहोस् पूर्ण पाठ

काठमाडौं, ८ वैशाख : सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कल गरी फोहोर उठाई विसर्जन गर्न गराउन काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘रिट निवेदनले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कलन गरी पठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाममा सर्वोच्च्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...