Admission Open

ad place

सन् २०२५ सम्म नेपाल विद्युत् निर्यातकर्ता राष्ट्र बन्नेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलविद्युत परियोजनाहरूको द्रुत गतिमा विकास भइरहेको कारण नेपालले सन् २०२५ सम्म विद्युत् निर्यातकर्ता राष्ट्र बन्न सक्ने सम्भावना बोकेको बताउनुभएको छ ।

आजदेखि काठमाडौँमा सुरु ऊर्जा सम्मेलन २०२३ को उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले ऐतिहासिक राजनीतिक परिवर्तन पश्चात् नेपाल र नेपालीहरूमा आर्थिक परिवर्तन र विकास देख्ने अकांक्ष पनि बढ्दै गएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालले जैविक विविधतालाई संरक्षण गर्न र जलवायु परिवर्तन सम्बन्धी सन्धिहरूको पक्षधर रहिरहन सधैँ महत्त्वपूर्ण भूमिका खेल्दै आएको सम्मेलनमा बताउनुभयो ।

यसैगरी प्रधानमन्त्री दाहालले देशमै उत्पादन भएको विद्युत् स्वदेशी बजारमा अधिकतम प्रयोजनमा ल्याउने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...