Admission Open

आज प्रतिनिधिसभा बैठक बस्दै, केके छन् सम्भावित कार्यसूची ?

काठमाडौं, ३ वैशाख : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धी तीनवटा विधेयक पेश गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...